खै कसरी सम्बोधन गरु
खै कसरी सम्बोधन गरु तिमीलाई आमा भनी
तिमीबिनाको यो संसार थिएनन् होला मेरा पनि"
"तेसैले सोच्ने गर्छु "
आमा तिमीले नै यो संसार देख्न्ने यि मेरा आँखा हरु बनाइदिएका थियौ
"फेरी फेरी जन्म दिएर कर्म दिनसकेनौ यो मलाई कुन जन्मको सजाए दियौ
"तेसै तेसैले
"हुन सके छमा दिनु होला गल्ती कही तपाईंको मात्र नभै अरुको पनि हूनसक्छन्
"जब कि पशुले त आफ्ना बच्चाहरु हिंड्न सके पछी मात्र छोड्छन् "
तर तर
तिमीले यो अबोध बालबालिकलाई कुन मनले छोडिदियौ
"आज लाग्छ मलाई कही न कही हाम्रो रगतको नाता थियो
"तेसैले होला जब मेरा यि आँखाहरुले तिम्रा ति दु:खहरुलाई देखिरहन सक्दिन
"के गर्नु
मेरो भाग्यले नै दुखीको भुमरीमा पौरी खेल्नु परयो
चाहेर पनि तिमीलाई केही गर्न सकिन "
तेसैले कसरी सम्बोधन गरु तिमीलाई आमा भनी
"नाता रह्यो रगतको म तिमीलाई भुल्न सक्दिन पनि "
नोट : स-साना बालबालिकाहरुको मनलाई कदर गर्दै कोरेका शब्दहरु हुन जुन बालबालिकाहरु आफ्ना आमाहरुसँग जिउदो लास सरी जीवन बिताइरहेका हुन्छन!
सोम थापा गाहा मगर
1 comment:
यो कविता एकदम राम्रो लाग्यो मलाई! यहाँले धेरै राम्रो लेख्न्नु भएको रहेछ!हुनत यहाँका सबै श्रीजनाहरू एकदमै राम्रा छन्!तर यस कविताले धेरै कुराहरु भन्न खोजेका छन्!यो कविताले धेरैलाई शिक्षा पनि दिएको छ्!लाग्छ् यो कविता पढ्नेहरुमा कतिपएको जीवनमा आधारित छन् र कतिपएका त आँखा रसायो होला भने कतिपए त आफ्नो जीवनसँग मेल खाएकोले असजिलो महसुश गरेका होलान । दाजु सोम जी आगामी दिनहरुमा येसरीनै यस्तै राम्रा-राम्रा सबैलाई शिक्षा दिने तथा मिठा-मिठा श्रीजनाहरु कोरी यो तपाईंको सुन्दर बहुमुल्य वेब् पेज सजाउंदै अगाडि बढ्नुहोस् । आशा छ् फेरी पनि यस्तै मिठा-मिठा श्रीजनाहरू पढ्ने,हेर्ने मौका सबैले पाउने छ्। keep it progressing .....Good job.
Post a Comment