Sunday 28 December 2008

दुखिपरिवार सोम थापा मगरको संगीतिक यात्रा यसरी सुरुभएको थियो




दुखिपरिवर सोम थापा मगर को संगीतिक यात्रा यसरी सुरुभएको थियो आज भन्दा करिब करिब ८ बर्ष पहिला म बुटवल देखी काठमान्दुको यात्रा हुँदा दाउन्ने भन्ने ठाउमा एउटा सानो तर मेरो जिवनको इस्मरिनिय र महव्त्पूर्ण घट्नालाई अगाल्न पुगे म अफनो सवारी साधन जिपमा यात्रा गरिरहेको थिए भने मेरो अघी एउटा बस मन्द गतिमा कुदिरहेको थियो अचानक बाटो बिचमा बस रोकियो र एक जोडी बुढा बुढी अनी एक बलिका बस मा मात्र चढेको के देखेको थिए तुरन्तै बस बाट और्ली हाले अनी बस आफ्नो बाटो लागे म उनिहरु नजिक गएर गन्त्बएय बारे सोच खोज गरे गरीबी हुनु को नमिठो उच्छबास सित ति दुखिपरिवर सँग पैसा नभएको कारण आफ्नो गाउ देखी नारायणगड सम्म जान तीन दिन देखी पैदाल यात्रा गरेका र बस हरुमा कसैले लान नमानेका दुखेसो पोखाए आखिरी मान्छे को मन त हो यस्तो दु:खद अवस्थामा देख्दा कस्लाई सहानु भुती नजाक्ला र तेसैले उनिहरुलाई मेरो जिपमा चाढाएर मेरो यात्रा अगाडि बढाए दु:ख सुख का कुरा गर्दै दुम्किबास पनि आइपुगे छौ र म उनिहरुलाई खाना खुलाए सबै कुरा को बन्दोबस्त भाईसकेपछी फेरी हाम्रो यात्रा अगाडि बढायौ र म ति सोझा निमुख दुखिपरिवार को साथ तिनका बेदना र पिडाका अनुभुतिसित भलाकुसरी गर्दै समयमै नारायणगढ आइपुगिसकेछोउ र म उनिहरुलाई मेरो जिप बाट उराल्दै म उनिहरुलाई रु एक हजार हातमा थमाउदै मैले बिदा मागे र उनिहरुलाई बिदा दिदै म आफ्नो जिप लाई अगाडि बढाए उनिहरु मेरा जिपलाई टाढा सम्म हेरीरहे हेरिरहे जस्ले गर्दा मेरो मुटुको कुना कूनामा मेरो मस्तिकको नसा नसामा यो घट्नाको झत्काहरुले बज्रपात गर्न थाले र भावना को प्रहारले उकुस मुकुस गर्दै मेरा भावना मा यि शब्दहरु मनमा पलाए (जिन्दगिको यात्रा लामो रहयोउ दुखी का सपनाहरु अधुरो भयो )मेरा तिनै शब्दहरुलाई मनको डायरीमा मात्र सिमित नराखी अन्तमा स्वर र संगीतको समयौजन सँगइ एउटा पूर्ण गीत बनाउन सफल भए जस्को फल्स्वरुप अती उत्साइ भाई अन्या गितहरुपनी श्रीजना गर्न जोडडार प्रयास गरे जुन गीत तपाईंहरुको हातमा म्युजिक भिडियो शाहीत पार्न सफल भए यही नै मैले मेरो जीवन मा एउटा गीतकार हुनुको सोपान ठानेको छु अन्तमा मेरो गिती यात्रालाई तपाईंहरुको यात्रा र प्रेरणाले निस्चय नै साथ दिनेछ भन्ने बिस्श्वास गरेको छु धन्याबाद सोम थापा गाहा मगर

Saturday 27 December 2008

नेपाल आमालाई परदेशी छोराको पत्र



नेपाल आमालाई परदेशी छोरा दुखिमनको अन्तिम घडी सम्म् सास रहुन्जेल कोती कोती नमस्कार छ !आमा स्वादेश बाट पर्देश लागेको पनि आज झन्डै झन्डै २८ बर्ष भाईसके छ! यतीका साल दु:ख गर्दा पनि खै नेपाल आमाको लागि जीवनमा केही गर्न सकिएन केबल भावना शिबाए देशको परिस्थितीले मनले नचाहदा नचाहदै पनि परदेसिनु परेको छ यो दुखि मन बोकी खै परदेशमा पनि मन कसरी बुझाउनु ! दिन रात उही दु:खै दु:ख नै छ के गर्नु परदेशमा पनि उही पराइको घरमा पाले, चालक, अङ्ररक्षा, यसरी नै दिनहरु गुजारी रहनु परेको छ ! जे होस् कहिलेकही दु:ख लाग्छ कहिले कही सुख पनि लाग्छ आफ्नो जन्म भुमीमा यही पाउनको लागि पनि कती कती दु:ख कष्ठहरु गर्दा पनि कुनै जिउने आसा भेटिन्न जस्ले गर्दा मन भरी नेपाल आमाको माया बोकी पर्देशिएको हुँ ! खै कसलाई के भन्नु र ?देश त यसै नेताहरुको भाषणले र तिनैको पछी लाग्ने भरुवाहरुलाई दिने रासनले ठीक्क छन् ! अनी देश बनोस पनि कसरी ? देश त यसै नबन्ने नै भो ! परदेश बसेका नेपालीहरुका पनि तिनै हालत छन् ! आखिरी नेपाल आमा कि सन्तान न हुन ! परदेशमा पनि देश कै परिस्थिती छ ! परदेश मा पनि सबैलाई नेता बन्नु पर्ने खै के गर्नु आखिरी तपाईंकै सन्तानहरु नै परे अझै कतीका त परदेशमा घरबार बिहिन नै भएका छन खै के भन्नु र ? देशको पार्टी भन्दा परदेशको संघसस्था नै गनी नसक्नु साउनको झरिमा उम्रने च्याउ झै छस्छस्ती उम्रेको छ ! खै कसलाई के भन्नु र परदेशमा पनि आखिरी नेपाल आमाकी सन्तान न हुन अझ परदेशमा त नेपालमा भन्दा बढी जातभात को कुरा संघसस्थाको कुरा हुन्छ ! काम लाग्ने आखिरी केही पनि होइन खाली आफु नै मपाइ भए हुने रहेछ खै नेपाल आमा दु:ख नमान्नु होला तपाईंको सन्तानहरु संसारको जुन सुकै कुनामा रहे पनि बानीचाँही कहिले नसप्रिने भो ! यसैले कहिले कही दु:ख लाग्छ मलाई नेपाल आमा कि सन्तान हुँ भन्दा किन कि तपाईंको सन्तानहरुमा कोमल भावना भएको छोरा छोरी भेट्न गाह्रो रहेछ ! त्यसैले परदेशमा होइन स्वादेश्मा हुन सके देशमा नै शान्तीको बाटो अपनाउनु भनी नेता भनाउदाहरुलाई भन्नु र परदेसिएका तपाईंको सन्तानहरुलाई बोलाई कुन बाटो हिद्डा राम्रोसँग घरबारहुन्छ परिवार, टोल, छरछिमेकी, साथै जिल्ला र अञ्चल अनी देश बन्छ भनी एउटा राम्रो बाटो देखाइदिनु र भन्नु होला परदेसिनु पर्दैन अब मेरा सन्तानहरु तिमीहरुले अब गर्न चाहे देशमा नै छ बिदेशमा होइन भनी सबैलाई बोलाउनु होला यही नै छ परदेसी छोराको मनको गुनासो ! दु:ख नमान्नुहोला परदेशी छोराको पत्र पढि !!!!!
परदेसी छोरा दुखी मन

Tuesday 9 December 2008

छोरी र छोराको पाठशालामा( INTERNATIONAL SEAR ROGER SCHOOL DUAGHER NISHA & SON NISCHAL)

Debate Cup champion capt: Thapa Nisha with friend













छोरी निशा र छोरा निस्चल जुन बेला उनिहरु इन्टरन्यासनल पाठशाला पढ्थे तेस बेला लियको सानो भिडियो क्लिप हुन






Monday 8 December 2008

यो दुखीको











यो दुखीको हात थाम्यौ हर पल तिम्रो साथ पाए दु:ख सुख मा साथ दियौ तेय्ही तिम्रो माया पाए!!! जहाँ कि म एक साधारण मानिस न हुँ जहाँ कि एक जीवन साथी बनी जीवन भर साथ दिने जीवन साथी बनिदिए (कृष्ण) कता कता मलाई लाग्छ मैले उनलाई जीवन मा केही दिन सकेको छैन र सकिरहेको छैन तै पनि तै एक मेरा आफ्ना भावनाहरु मार्फत केही दिउ कि भनी यो गीत मैले उनलाई नै कोरेको हुँ र आज उनी हाम्रो बिच एक छोरी निसा र एक छोरा निस्चल छन जे होस् दुई सन्तान इस्वर को बर्दान भन्छन शायद यही नै होला र हङ कङ को दिस्नेय्ल्यान्ड परिवार घुम्न जादा लिएको सानो क्यामरा बाट खिचेर बनाएको यो म्युजिक भिडियो हो म आफुले नै बनाएको छु जे जस्तो भए पनि हेरी दिनु होला र कस्तो लाग्छ भन्नु होला


शब्द : सोम थापा गाहा मगर


संगीत :दिनेश सुब्बा


स्वर : सत्यराज आचार्य




Sunday 7 December 2008

सलाम छ लाहुरे दाई तिमीलाई




सलाम छ है लाहुरे दाई तिमीलाई
बहादुरि छौ भनी चिनायौ संसारलाई
जस्तै गोला बरुद बर्से पनि बहादुरि भाई अगाडि बढीरहयौ
अन्तिम पैलाहरु नरोकुन्जेल दुस्मानी सँग लदिरहयौ
सलाम छ लाहुरे दाई तिमीलाई
बहादुरि छौ भनी चिनायौ संसारलाई
बहादुरी को नाउ पायौ तक्क्मा भो छाती भरी
यती ठुलो सम्मान पयौ बेलायत कि माहारानी ले पनि सलोत गरी



शब्द सोम थापा गाहामगर

मगर जाती सजिएको छ

मगर जाती सजिएको छ आफ्नै भेश -भुशाले
भुल्ने छैन सन्सकार हाम्रो दिएका ति -पुर्खाले
बनेको छ चिनारी हाम्रो खुर्पेतो र खुर्पाले
बचेँको छ सन्सक्रिती हाम्रो सोरथी र कोउराले
हाम्रो भाषा हाम्रो भेश सधैं सधैं अट्ल रहुन
मगर जाती जा रहेनी सधैं सधैं एक्ता रहुन
सोम थापा गाहामगर

मलाई लाग्छ हामी मगर जाती पनि नेपाल मा फुल्ने चार जात छातीश बर्ण को फुलबारी मा फुल्ने फुल मध्य एक थरिको फुल हौ भन्दा कतै भुल नहोला र तिनै फुल को पनि आफ्नै रङ आफ्नै ढंग मा फुल्ने एक प्रकार को फुल हौ हामी मगर जाती जस्तो मलाइ लाग्छ र जुन फुल नेपालको फुलबारी भए सम्मा फुलिरहने छ र कसैले मेटाउन सक्दैन जसको करण यहाँहरुको अगाडि यो मगर जाती को भावलाइ राखेको छु धन्यवाद

Thursday 4 December 2008

जिन्दगीको यात्रा लामो लामो रह्यौ


जिन्दगिको यात्रा लामो लामो रह्यौ

दुखी को सपनाहरु अधुरो भयौ




जिन्दगीको यात्रा मेरो जिन्दगीको पहिलो गीत भएको ले यहाँहरु को माझ लिएर आएको छु कस्तो लाग्छ भन्नु होला
दुखी मगर सोम थापा गाहामगर शब्द:सोम थापा गाहामगर संगीत : नागेन्द्र प्रधान स्वर : जगदिश समाल मगर



Sunday 23 November 2008

के भो तिमीलाई बुझ्न सकिन तिम्रो ------?




के भो तिमीलाई यो गीत यसरी कल्पना गरी कोरियको छ कुनैपनि जीवन मा मन परेका जीवन साथी आफुबाट टाढा टाढा गैइ दीन्छन् भने उनको मनमा हुन सक्ने भवना लाई कदर गर्दै यो शब्द कोरेको हुँ कस्तो लाग्छ भन्नु होला धन्यवाद

शब्द : सोम थापा गाहामगर

संगीतकार: नागेन्द्र प्रधान

स्वर : सत्यराज आचार्य


Thursday 20 November 2008

हे फुल चुडेरलाने

हे फुल चुडेरलाने यस् गीत लाई मेरो कल्पनामा एमिनेसन गरी यहाँहरुको अगाडि लियर आएको छु नहस्नु होला सोम थापा गाहा मगर





Saturday 15 November 2008

रोइ रहेकी छिन् नेपाल आमा

















रोइरहेकी छिन् नेपाल
आमा नरोउन पनि कसरी
अफनै मरुभुमिमा आफ्नै दुखी सन्तानहरुको रगत को आल बनेको देखेर
नरोउन पनि कसरी नेपाल आमा
आफनै घर आगनहरुमा आफ्नै सन्तानहरुको बिभस्या लास भेतेर
तेसैले त
नेपाल आमाले भनिकी छिन्
छोडिदेउ ति सबै कात्मार आखिरी के नै पायो रगत को खोलो बगाएर
दुखी माथि दुखी ले नै हत्या गरेका छोउ
अब त कती बनाउछो बिदुवा- सिन्दुरको थोपा सधैं सधैं पखालेर
तेसैले त नेपाल आमा रोइरहेकिछिन
नरोउन पनि कसरी
यता तिनै अनाथ टुहुरा बाल-बालिकहरुको र तिनै बिदुवाहरुको पिडाहरुलाई छातीमा राखेर
थाहै छैन तिनै अबोध बाल -बलबालिकाहरुलाई
उनिहरु पनि कतै सिकार हुने पो हुन कि फेरी बाचेर
तेसैले त रोइरहेकी छिन् नेपाल आमा
नरोउन पनि कसरी
तेसैले भनिकी छिन्
दुखिलाई दुखिले नै साथ देउ सुखी ले होइन
एक साथ भाई काम गरेको देखे भने
नेपाल आमा फेरी फेरी रोइरहेकी देखिने छैन फेरी फेरी रोइरहेकी देखिने छैन



सोम थापा गाहामगर

फर्केर हेर्दा ति दिनहरु


फर्केर हेर्दा ति दिनहरु
क्याप्टेन बिर बहादुर थापा गाहामगर हुनुहुन्छ उहाले एकल साँझ गर्नु भएको थियो २००८ मार्च १ मा जुन एकल साँझ गर्नु भएको थियो नेपाल सिन्जाली प्रस्थिस्थान सहयोग को लागि र उहाले ६६ बसन्त एक एकल स्वर मा अल्बुम पनि निकल्नु भएको छ जसको लागि जती नै उहाको कुरा गर्दा पनि कमी नै होला मलाई लाग्छ र हामी कुरा गर्दा मामा भनिज बास्त्वमा बाबु छोरा को नै नाता होला र उहा फर्केर हेर्दा को केही कुराकानी गर्न बोलौनु भएको बेला खिचिएको फोटो

Thursday 6 November 2008

दिनेश सुब्बाले लिनुभएको अन्तर्वाता




नेपाल पोस्टका सम्पादक श्री कुल प्रसाद ज्युबाट नेपाल पोस्ट्मा निकालिएको अन्तर्वाताको केही झलक यहाँहरु समाछा राखिएको हेर्नु होला र अन्तर्बार्ता लिनुभएको थियौ संगीतकार दिनेश सुब्बा दाजुले दुखीपरिवार सोम थापा मगर

सोम थापाको पहिलो अल्बुम




लुकेको बेथा जिन्दगी को कथा को सुरुआत यसरी भएको छ
मानिस को जीवन मा दु:ख सुख ले मानिस को साथ्
अन्तिम घडीसम्म पनि साथ् हुने गर्छ तर मानिस हरु आफ्नो दु:ख सुख कसैलाई पनि
शेर गर्न सक्दैन जसको फल जीवन भर एक बेथा भएर बसेको हुन्छ
जसले गर्दा मेरा यो गीतहरु ले तिनै लुकेका बेथा जिन्दगिको कथा भएर बस्ने बन्धुहरुको
आधारमा कोरियका छन्

विश्व रेकर्ड गर्दाका प्रसाङ्सा पत्र(GUNNESS BOOK OF RECORDS-1994- IN AUSTERLIA)






विश्वा रिकर्द साइकिलिङ्ग अस्ट्रलिया मा हामी नेपाली सात जना अनी गोराहरु तीन जना थिए र साइकिलिङ्ग हामीले १९९४ मा गरेका थियौ र अन्य दिटेल सर्तिफिकेतमा हेर्नु होला
सोम थापा गाहामगर

प्रसाङ्सा पत्र लुम्बिनी मन्चबाट Appreciation Letter from Lumbeni Forum Hong Kong




प्रसाङ्सा पत्र दिदै हुनुहुन्छ लुम्बिनी मन्चका अद्क्षा श्री म बि थापामगर जि

प्रसाङ्सा पत्र हङ कङ भु पु गे सो बाट Appreciation letter from Ex: British Gurkha Serviceman's Association Hong Kong


प्रसाङ्सा पत्र दिदै हुनुहुन्छ हङ कङ नेपाल माहाबणिज्या दुताबास का नेपाल कन्सुलेत श्री केसब प्रशाद भट्टराई जि साथमा हेम बहादुर तमाङ भु पु गे सो का बर्तमान आद्क्षा

प्रसाङ्सा पत्र मगरसंघ हङ कङ बाट(APPRECIATION LETTER FROM MAGAR ASSOCIATION HONG KONG)




प्रसाङ्सा पत्र दिदै हुनुहुन्छ भु पु मगरसंघका अदक्षा श्री भोला नाथ थापा मगर जि

Wednesday 5 November 2008

ईतिहासको पानाहरुमा




ईतिहासको पानाहरुमा नाउ राखनु छ भने

सेता पानाहरुमा आफ्ना केही भावनाहरु पोखनु "जसरी आज नयाँ कबिजिहरुले पुराना कबिजिहरु को "

ईतिहासलाई के कस्तो रहेछन पुराना कबी भनी परीरहेछ खोज्नु

"तेसैले केबल भन्न सकिन्छ "

कबिजिहरु कलम चलाई रहनुस् तपाईंहरुसँग भावना उत्पन्न भइन्जेल

"कलमको साईनो नतुताउनुस् सेता पानाहरुसँग तपाईंको सास रहुन्जेल "

तेसैले त भन्ने गर्छन्

"कलमको साईनो सेता पानाहरुसँग रहे तपाईंको नाउ ईतिहासमा बसिरहनेछ

"जीवन केबल दुई दिनको न हो "

तेसैले तपाईंको भावनालाई भावी कबिजीहरुले सधैं सधैं सम्झिरहने छन् "
नोट कबीजी हरु लाई कलम र सेता पानाहरु को साईनो जिउदो रखी रहनुस् भन्ने मन्सायले यो दुई शब्द कोरेको मात्र हुँ
सोम थापा गाहामगर हाल होङ कोङ

खै कसरी सम्बोधन गरु







खै कसरी सम्बोधन गरु
खै कसरी सम्बोधन गरु तिमीलाई आमा भनी
तिमीबिनाको यो संसार थिएनन् होला मेरा पनि"
"तेसैले सोच्ने गर्छु "
आमा तिमीले नै यो संसार देख्न्ने यि मेरा आँखा हरु बनाइदिएका थियौ
"फेरी फेरी जन्म दिएर कर्म दिनसकेनौ यो मलाई कुन जन्मको सजाए दियौ
"तेसै तेसैले
"हुन सके छमा दिनु होला गल्ती कही तपाईंको मात्र नभै अरुको पनि हूनसक्छन्
"जब कि पशुले त आफ्ना बच्चाहरु हिंड्न सके पछी मात्र छोड्छन् "
तर तर
तिमीले यो अबोध बालबालिकलाई कुन मनले छोडिदियौ
"आज लाग्छ मलाई कही न कही हाम्रो रगतको नाता थियो
"तेसैले होला जब मेरा यि आँखाहरुले तिम्रा ति दु:खहरुलाई देखिरहन सक्दिन
"के गर्नु
मेरो भाग्यले नै दुखीको भुमरीमा पौरी खेल्नु परयो
चाहेर पनि तिमीलाई केही गर्न सकिन "
तेसैले कसरी सम्बोधन गरु तिमीलाई आमा भनी
"नाता रह्यो रगतको म तिमीलाई भुल्न सक्दिन पनि "
नोट : स-साना बालबालिकाहरुको मनलाई कदर गर्दै कोरेका शब्दहरु हुन जुन बालबालिकाहरु आफ्ना आमाहरुसँग जिउदो लास सरी जीवन बिताइरहेका हुन्छन!

सोम थापा गाहा मगर

Tuesday 4 November 2008

नसकिदो रहेछ




नसकिदो रहेछ यहाँ लडाईं गर्न दैबिक प्रकोप सँगै
बनाइदिय हजारौ हजार मानिस् हरुको लास कल्पनामा सोचिएन् पनि कतै
खै कसरी बचेँछु कुन्नी म हिड्डुल गरु भने दुबै खुट्टा दैबिक प्रकोप ले खोसिदिएका छन्
बाचेर् हाँसु भने पनि खै कसरी हाँसु फेरी आसुँ ले नै यो शरीर रुझिदिएका छन्
खै यो कस्तो बिदम्बना भो न बाचेर् नै कसैलाई साथ् दिन सक्छु
न चाहेर नै पनि अरुको लाससँग जिउदो जल्न सक्छु

तेसैले आकाशको निलो आकाशलाई हेर्दे सोचने गर्छु

नसकिदो रहेछ लडाईं गर्न यहाँ दैबी प्रकोप सगै
नोट: यो कबिता सिचुवान् को भुकम्प पीडित हरु को भावना लाई कदर गर्दै कोरियका शब्दहरु हुन
सोम थापा
mas
दुखी परिवार सोम थापा गाहा मगर का केही कोसेलिहरुमा यहाँहरुलाई न्यानो स्वागत छ


यहाँहरु समक्ष् केही कबीता तथा मेरा गिती रचनाहरु र जीवनका तिता मिठा भावनाहरु पस्कन लागिरहेको छु पक्कै पनि यहाँहरु ले सल्लाह र सुझाब दिनुहुनेछ भन्ने आसा गरेको छु

मेरा केही शब्दहरु




सबभन्दा पहिले यहाँहरुलाई दुखी परिवारको तर्फ बाट नमस्कार छ
म एक भावना मा दुबी हिंड्ने यात्राी हुँ भावना भित्र दुबी हेर्दा केही

शब्द हरु निस्केको हुँदा यहाँहरु समक्ष् ल्याएको मात्र हुँ मलाई यहाँ

हरुले मेरा ति तिता मिठा शब्द पढि मेरा केही गीतहरु सुनी

मनोरन्जन लिनुहुनेछ भनी आसा गरेको छु यहाँहरु समक्ष् ल्याएको छु मैले


जीवन मा केही गर्न नसके पनि जीवनको गोरेटोमा उकाली ओरालीहरु

हिड्डा दु:ख सुख का भावना हरु यहाहरुसँग हातेमालो गर्न आइरहेकोछु छु

आसा गर्द्छु यहाँहरुले मलाई स्वीकार गर्नु हुनेछ


सोम थापा गाहा मगर होङ कोङ