Saturday 21 February 2009

दाजु गंगा थापा सपरिवर





















दाजु गंगा थापा सपरिवार पहिल ब्रिटिश आर्मी २ जि र का हुनुहुन्छ दाजु को एक छोरी बिन्दु अनी छोरा विवेक थापा छान् हाल दाजु अमेरिकन कम्पनी कार्यरत हुनुहुन्छ साथमा दाजु भाउजु अनी नानीहरु बिन्दु विवेक थापा

Saturday 14 February 2009

उनी को थिए ??????
















आफुहाँस्दा अरु पनि हास्नु पर्छ !
आफुबाच्दा अरु पनि बाँच्नुपर्छ भनी
भावना बोकी हिंड्ने एक होन हार ब्यक्ती थिए !!
जसले आफ्नो बहुमुल्या ज्यान को
कुनै प्रभाव नगरि प्रथम शाहीद बनिदिए !!!
उनी कोही नभएर प्रथम शाहीद लखन थापामगर थिए
उनी को थिए ?????
नेपाली जनताहरुलाई अन्धकारको बाटो होइन उज्ज्यालो को बाटोहिंड्न् पाउनु पर्छ
भनी नेपाली जनताको लागि अफ्नो हक हित र स्वतन्त्र पाउनु पर्छ भनी
नेपालमा पहिलो आवाज उठाउने कुनै ब्यक्ती थिए भने
अरु कोही नभएर उनी प्रथम शाहीद लखन थापा मगर थिए
तेसैले त !
नेपालको उनी प्रथम शाहीद भाईदिए
उनी को थिए ???
जुन बेला नेपालमा निरङ्कुश राणा शासन बिरुद्द
उनी नेपाली जनताहरु का लागि लडेका थिए !
जुन लडाईं मगरहरु का लागि मात्र लदेका थिएनन् !!!
उनी त नेपाली जनताहरु का लागि लडेका थिए
तर आज देश मा जात भात् किर्पाबद को कुभावनाले गर्दा
उनी मगरहरु का मात्र प्रथम शाहीद भाईदिए !
कुरा गर्छन् नेपाली जनताहरु शाहीदमा कुनै जात भात कुनै भेष भुषा को कुरा हुँदैन
खै त १३२ बर्ष बितिससकेछ नेपाली जनताहरुमा प्रथम शाहीद लखन थापा प्रती कुनै आवाज छैन
प्रथम शाहीद लखन थापा दिवस मगरजाती बिना फेरी अरु कसैको हुँदैन ???



किन ???
जे होस् आफ्नो ज्यान देशका जनताहरुका लागि बलिदान दिएर नेपालको प्रथम शाहीद बनीदियौ
तेसैले त
आज संसारभरी छरिएर बसेका मगरहरुको एक आवाज भाई
नेपालका प्रथम शाहीद लखन थापामगर हुनु पर्छ भनी
आवाज उठीदियौ
दु:खी
सोम थापा पीडित मगर

Friday 6 February 2009

गिनिज बुकमा नाम लेखाउने सोम थापा पीडित मगर को प्रतिभा र कृति (समिक्षक -चन्द्र मादेन "आन्छन ")











गिनीज बुकमा नाम लेखाउने सोम थापा पीडितको प्रतिभा र कृति
समिक्षक - चन्द्र मादेन “आन्छन्”
सहित्या संगीत र कला विहिन मानिस सिङ्ग र पुच्छर नभएको पशु समान हुन्छ - नीती शास्त्र हो वास्तवमा यो उदगार अनुसारको प्रतिभा कमै र प्रतिभाव शुन्य भएको पनि कमै हुन्छन् । अझ यसो गरी भनौ हरेक मानिसमा केहि न केहि गुण प्रतिभा लुकेको हुन्छ । जुन समय र परिस्थितीले प्रस्तुती हुन पाएको हुंदैन । स्याङ्जा जिल्ला घर भएका बलाम पाखा जगत्र देवी गा बि स का सोम थापा मगर “पीडित” एउटा ओझेलमा परेको प्रतिभा हो भन्दा अत्युक्ति नहोला । उनै व्याक्तित्वको बारेमा यो चर्चा गरीने जमर्को गरिदै छ ।
बेलायती शैनिक जीवनमा लामो समयसम्म रहेर एक्स सिक्स गुर्खा राइफल मा कार्यरत आर्मी नो २११६५९३८ कोर्पोरल को रेन्क मा पेन्सन पकाइसकेको व्याक्तिले विश्वको गिनिज बुकमा रेकर्ड गराएर प्रमाण पत्र प्राप्त गर्न सफल उनै सोम थापा पीडित हून भन्दा कतिलाई पत्यार नलाग्ला । तर यो कुरा शास्वत सत्य हुन् । जस्ले इस्वी सम्बत १९९४ अप्रिल ७ देखि २० तारिकसम्म विश्व साइकल दौड प्रतियोगीतामा सिङ्गो नेपालको प्रतिनिधित्व गरेर सफलता हासिल गर्नु भएको थियो । जुन अविरल १२ दिन २१ घण्टा २२ मिनेटको समय (पर्थ अस्ट्रेलिया देखि टाउन्सभिल्ले क्वीन्सल्याण्डसम्म) लागेको थियो भने दुरी ५६१२ कि मिको थियो अर्थात ३५०८ माइल लामो थियो सोम थापासंग प्रतियोगीतामा भाग लिने प्रतिस्पर्धीहरु कैयौ राष्ट्रको खेलाडीहरुले आधा बाटैमा हात उठाएर छाडे भने धेरै थला परेका थिए जुन ज्यादै जोखिमपुर्ण पनि थियो । हङ्गकङ्गको व्यस्त जीवनमा रहेर पनि त्यस्तो जोखिमपर्ण प्रतियोगीतामा उत्कृष्ट भइ गिनीज बुकमा नाम लेखाउन चानचुने कुरा होइन । यस्ले सिंगो नेपालीको पहिचान र प्रतिष्ठानमा टेवा पुर्याने छ । यस्ता उदियमान र शाहसी खेलाडीलाई राष्ट्रले सर्म्बर्दन र कदर नगर्नु भनेको प्रजातन्त्रको उपहास र जातिय शोषण एवं उपेक्षाको उपज हुन् । यो हाम्रो देश नेपालको शासकहरुको नालायकपन र असक्षमपनको सानो पाटो हो । तर उहांमा नेपालको नपुंशक शासकहरुको नजर नपरेता पनि हङ्गकङ्गमा रहेको नेपाली समुदायका संस्थाहरु मगर संघ, भूपु शैनिकसंघ लुम्बिनी मञ्च जस्ता सामाजिक संस्थाहरुले भने अभिनन्दन गरेर थापा मगरलाई शिखरमा पुर्याएका थिए त्यस्तै गत महिना नेपाली महासंघ हङ्गकङ्गले अपरिपक्क (वेढंगे तालमा खोस्टासरी चार कोरी भन्दा बढिको झुण्डहरुलाई ) पुरस्कार र प्रमाण पत्र बाँड्दा उहा पनि प्राप्त गर्न सफल हुनु भएको थियो ।यी माथिका छोटा परिचयले मात्र पीडित मगरलाई कहलिनुभएको छैन । हङ्गकङ्ग जस्तो अति व्यस्त ठाउँमा रहेर केहि समय चुडेर भएपनि आफूभित्र रहेको कला “लुकेको व्याथा जिन्दगीको कथा” भन्ने भिसीडी क्यासेट आम श्रोतासामु पस्किसक्नु भएको छ । नौ नौ वटा गीतमा कहानी आफै बनाएर आफैले निर्देशन गर्नु उहाँको खुवीको अर्को परिचय हो । सबै गीतमा चर्चितद्धय संगीतकारहरु दिनेश सुब्बानागेन्द्र श्रेस्ठले संगीत दिनुभएको छ भने नेपालका चर्चित गायकहरु कुबेर राईले दुइ किनारा रोशन गुरुङले सुन्यता, सत्यराज आचार्यले उत्साह,नागेन्द्र श्रेष्ठले प्रयास, जगदिश समालले सोपन ,दिप श्रेष्ठले कोमल, सत्यराज आचार्यले अनुत्तर, र नागेन्द्र श्रेष्ठलेनै जीवन वोधमा स्वर्रभर्नु भएको छ ।उहाँको प्रत्येक गीतमा मानव जीवनजगतका समवेदनता, कर्तव्य वोध, प्रेम,कोमलता आभाष र विम्बहरु पाइन्छ । त्यस्तै भिडीयो दृश्यहरुमा उँहा आफै पनि आकषिर्त कला प्रदर्शन गर्न सफल हुनुभएको छ भने अन्य यूवा मोडलहरु इश्वर, हेम,सगिंता, ध्रुब, रोशनी, वीरेन्द्र, सवनम, निशा, रेनु, मिलन, टिका, शुस्मा, सपना,अमृतले बिभिन्न गितमा जीवन्त अभिनयका दृश्य देखाएर दर्शकहरुलाई आनन्दीत र तृप्त दिने काम गर्नुभएको छ । समग्रमा भन्नु पर्दा सोम थापा पीडितका भिसीडी कोकील कालजयी गीतका सङ्गालो मनोरञ्जनात्मक सफल क्यासेट हुन् । रैपनि गीतहरुको छोटो चर्चा गर्नु पर्दा (१) नं. का कुबेर र्राईको- यो कस्तो माया हो,(५) नं को जतदिश समालको जिन्दगीको यात्रा लामो र (६) नं को दिप श्रेष्ठको लेखा रहेछ कस्तो मेरो गीतहरु ज्यादै उच्च हृदय श्पर्शी संगीतले श्रोताको मन जितन सफल भएको छन् भन्दा फरक नपर्ला । गीतकार पीडित आफैले भिजुयल निर्देशन गर्नु भएको सम्पर्ण दृश्य हेर्दा रङ्गकर्मीहरुलाई कथा वस्तुमा आधारीत उहाँमा एउटा परिपक्क निर्देशन गर्ने कलाको खवी भएको देखिन्छ ।
सोम थापालाई यदि माथिका कुरामात्र छोडेर टुङयाएमा घोर अन्याय गरेको र्ठहर्ने छ किनभने उँहा एक माहिर कवि पनि हुनुहुन्छ ।उँहाको एक दर्जन भन्दा बढि अप्रकाशित कविताले मानविय मुर्तरुपको आभाष र पाठकहरुको हृदयमा झङकार दिन्छ । याहाँ उहाँको केहि कविताका हरफहरुलाई उदृत गरीएको छ । जस्तो नेपाल आमालाई परदेशी छोराको पत्र भन्ने शिर्षमा
“खै नेपाल आमाको लागि जीवनमा केहि गर्न सकिएन मनले नचाहादा नचाहादै पनि विदेशिनु परेको छ आफ्नो जन्म भूमिमा कति कस्ट गर्दा पनि जिउने आशा मेटिन्न खै कस्लाई भन्नु ?
देशत नेताहरुको भाषण र मरुवाहरुको रासनमै ठिक्क ।”
कवि थापाले आफू विदेशीनु परेको वाध्यता र स्वार्थी नेताहरुको भ्रष्ट प्रविदिलाई तिखो प्रहार गर्दै देशको सानो कृयाकलापको चित्रण र्छलङ्याउँदै आफ्नो माटोको अघात माँया गर्नु भएको छ ।
वास्तवमा स्वदेशमा रहेकोलाई भन्दा टाढा प्रवाशमा रहेकालाई आफ्नो मातृभुमिको माँयाले सताएको हुन्छ भन्ने ज्वलन्त प्रमाण हो यो ।त्यस्तै “नसकिदोरहेछ” भन्ने शिर्षमा गत बर्ष चाइनाको सिचुवानमा अनिस्ठ दैवि प्रकोप भइ भूकम्प पीडितहरुको सन्त्रासपर्ण करुणिक अभिव्यक्तलाई आधार मानेर मनोवैज्ञानिक ढङगले प्रस्तुत कविता कोर्नु भएको छ ।
खै कसरी बचेछु कुन्नी
म हिड्डुल गरौं भने दुवै खुट्टा दैबी प्रकोप ले खोसीएको छ
बाँचेर हाँसौ भने, खै कसरी हाँसौ ?
आँसुले नै यो शहर रुझिदिएको छ
खै यो कस्तो विडम्बना हो
न चाहेरनै कसैलाई साथ दिन सक्छु
न चाहेरनै पनि अरुको लाश सगैं जिउँदो जल्न सक्छु
कवि भाव विब्हल भएर एउटा अर्ध जीवन घाइते पीडीतको पिडाले कसरी आफ्नो छिया छिया भएको मुटुले बोलीरहेको छ जीवन्त भावना पोखेर आभाष दिनुहुन्छ । मृतुसंग जुधेर संयोगले वाँचेका पीडित घाइतेहरु कसरी वरवराउँछन् ? उनीहरु के बोलीरहेको हुन्छन् ? के सोचिरहेको हुन्छन् ? भन्ने उनिहरु भित्र पसेर कविको मस्तिकले सुघिरहेको यस हृदय विदारक कविताले कविमा मनोवैज्ञानिक ढङ्गको विश्लेशणात्मक विचारका भण्डार छन् भन्ने प्रमाण बुझाउँछन् ।
त्यस्तै एउटा अर्को कविता ” सजिएको छ मगर जाती” भन्ने शिर्षमा कवि थापाको आफ्नो रगत मगर जाति वंश भएकोले आफ्नो सस्कृति र पूर्खालाई छन्द मिलाएर यसरी सम्बोधन गर्नु हुन्छ ।
“सजिएको छ मगर जाति आफ्नो भेष भुषाले
भुल्ने छैन संस्कार हाम्रो दिएको ति पूर्खाले
बनेको छ चिनारी हाम्रो खुर्पेतो र खूर्पाले
सजिएको छ नाच हाम्रो सोरठी र कौराले
”वास्तवमा हाम्रो देशको मौलिक सम्पदा भनेकै विभिन्न जातजातीको सस्कार, सस्कृति र भेषभुषा हुन् भन्ने कविको यस कविताले खुलस्त पारेको छ र आफ्नो जातिको रिती रिवाज, परम्पराको जगेर्ना गर्नु पर्छ भन्ने यस कविताले शन्देस दिएको छ । जेहोस कवि आफ्नो जाति प्रति गौरम्वित छन् भने सचेत उतिकै भएको छन् ।त्यस्तै गरेर “खै कसरी सम्बोधन गरौ” भन्ने शिर्षमा कविले आफ्नो जन्म दिने आमालाई नावालाक छदै गुमाउनु भएको ति पिडित अबोध बाल-बालिकाहरुको मनमा कस्तो भावनाहरु उत्त्पन्न हुन्छन भनी शब्दले उन्नु भएको छ ।
“फेरि फेरि जन्म दिएर कर्म दिन सकेनौ
मेरो भाग्यले नै दुखी को भुमरिमा पौरी खेल्नु पर्यो
नाता रहेयौ रगतको म तिमीलाई भुल्न पनि सक्दिन
भनेर कविले टुहुरो को जीवनको छोटो परिचय दिनुभएको छ । कबिले वालककालमा अरु कसैले हुर्काए पनि आफ्नो जन्म दिने ममतामयी आमालई सम्बोधन गरिरहनु भएको छ । वास्तवमा यो कबिता सत्य घटनामा आधारित मार्मिक दुःखान्त कविता हो ।“कविको अन्य कविताहरु (“रोइरहेकीछिन नेपाल आमा”) “सलाम छ लाहुरे दाई तिमीलाई” लगायत गीतहरु ( जिन्दगीको यात्रा ) (के भो तिमिलाई, ) आदि शिर्षमा छन् । शाहित्यकार थापाका प्रत्येक गीत र कवितामा एउटा मानिसको दैनिक जीवन एउटा शुन्दर क्यासेटमा दृश्य सहित उतारी आम श्रोता सुभेच्छुकहरुलाई पस्कन सफल हुनुभएको छ भने अन्य अप्रकाशित कवितागीतहरुमा गहिरेर नियाल्दा सोम थापा पीडित एउटा श्रृजनशिल शाहित्यकार र गीतकार कविको पङतिमा पर्नु हुन्छ ।फेरि पनि समष्टिगतरुपमा एउटा स्वतन्त्र टिप्पणीकार दर्शक दिर्घा डेस्कमा बसेर हेर्दा सोम थापा पीडितले त्यत्रो विश्वको गिनिज बुकद्धारा पुरस्कृत भएर पनि जति प्रचारमा आउनै पर्ने आउन सकेको छैन । उँहाले पुरस्कार गुटमुट्याएर भनै या विल्कुल चाकरी गर्न नजान्ने स्वभिमानपनले ओझेलमा पर्नुभएको देखिन्छ ।
त्यस्तै भि सी डी क्यासेटको बिषयमा भन्नु पर्दा केहि हतारमा निकालिएको जस्तो पनि देखिन्छ किनभने रङ्गनि क्यासेटको खोलमा विभिन्न सामान्य सरल शब्दहरुको ह्रस्व दिर्घहरु केहि फरक फरक दखिन्छ जस्तै पिडीत, गीतको बोल (८) वीचैमा, गरीब, प्रेरणा, यँहाआदि हुनु हुनुपर्नेमा अन्य भइदिएको छ अर्को कुरा मोडल गर्ने कलाकारहरुको कसैको पनि तस्बिरसंग उनिहरुको नाम राखिएको छैन । रङ्गमञ्च भिडीयो भित्र पनि पुरानाम नराखी केवल दुइ या तीन अक्षरका परिवारीक थर विना राखिएको छसमिक्षात्मक रुपले उहाँको प्रतिभा र कृतिहरुलाई नियाल्दा सोम थापा पीडित कुशल साइकल खेलाडी, कवि, गीतकार र भिजुयल निर्देशक हुनुहुन्छ ।
यस्ता लगनशील प्रतिभावान व्याक्तित्वहरुनै राष्ट्रको मूख्य श्रष्टा हुन् । समाज र राष्ट्रले उहाँहरु जस्ता उत्कृष्ट ब्यक्तित्वलाई कदर गर्नुभनेको सिङ्गो नेपाली माटोको कदर गर्नु हो । उहाको यौ छोटो चर्चाले उहाको बारेमा धेरै कुराहरु अवस्यापनी अप्रयाप्त भएको छ तेसैले उहाको बारेमा अझै गहिरिएर बिस्ट्रित कुराहरु लेखिनु आवश्यक देखिन्छ अन्त्यमा यो पङतिकारको पनि श्री थापा प्रति हार्दिक एवं उत्तरोत्तर प्रगतिको कामना । अस्तु ।

Wednesday 4 February 2009

दिपावली साँझ २००८ कार्यक्रम सन्चालन गर्दै(CELEBRITING DEEPAWALI NIGHT IN HONG KONG WITH MAGAR ASSOCIATION HONG KONG)

दिपावली साँझ २००८ कार्यक्रम सन्चालन गर्दै पहुनाहरुलाई मनोरन्जन दिदै





Monday 2 February 2009

दुखी हुनुको पिडा




"दुखीको हुनुको पिडा यहाँ खै कसले देख्दो रहेछ र

एक हात बोकी जिएको छु
खै यौ अपाङ्ग कसरी बाचेको छ कसले भन्दोरहेछ र

मन भरी दु:ख लुकाइ हासेको छु मनलाई सम्हाली

जस्तै दु:खहरुलाई पनि सहेर जिउनु रहेछ
मनको दु:खलाई आगोमा नपगाली

जिउनु त जिएको छु नदेखिने आसुको खोला बगाई

भगवान छन् भन्छन् सबै,

हे भगवान

कतै छौ भने कुन जनमको दियौ मलाई यौ सजाए !!!

मन थिए मेरा अरुको जस्तै हात र खुट्टाले पौडी खेल्नु

केबल मेरा सपनाहरु अधुरा रहे सकिन शिबाय सम्झिनु

दुखिमन पीडित मगर

हङकङ नेपाली माहासंघ बाट प्रसङ्सा पत्र(APPRECIATION LETTER FROM HONG KONG NEPLESE FEDERATION)




हङकङ नेपाली माहासंघ बाट प्रसङ्सा पत्र दिएका थिए १०सौ वार्षिक उत्सब को खुशीयालिमा यौ प्रसन्सा पत्र दिएको थिए संगीत मा यौग्दान दिएको मा र जसको लागि हङ कङ नेपाली माहासंघलाई धेरै धेरै धन्या बाद दिन चाहन्छु

मगरसंघ हङ कङ को साथ सोम थापा गाहा मगर माघेसक्रन्ती मनाउदै (CELEBRITING MAGHESAKRANTI WITH MAGAR ASSOCIATION HONG KONG-2009)

माघे सक्रन्ती मनाउदै
धनुष हान्दा प्रथम भएको ले रोक्सी पुरस्कार दिदै हुनुहुन्छ मगरसंघ का अद्क्ष एम बि थापा मगर




मगर भाषा मा गीत गाउदै



मगरसंघ हङ कङ को साथ सोम थापा गाहा मगर माघेसक्रन्ती मनाउदै साथै धनुष हान्दै